ओखलढुंगाको जिसस प्रमुखमा खनाल र लुइटेलको नाममा रस्साकस्सी !

लुईटेलका कारण खनालको नाम धरापमा

- युवराज पहाडी  

काठमाडौं । स्थानिय तहको निर्वाचन भएको एक महिना भित्र समन्वय समितिको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ । देशभरिका केही जिल्लामा समन्वय समितिको टुङगो लागिसकेको छ । अन्य जिल्लामा जस्तै जिल्ला समन्वय समिति ओखलढुङगाको प्रमुखमा समेत जिसस प्रमुखको दौडमा आधा दर्जनभन्दा बढी आकाँक्षी देखिएका छन् । स्रोतका अनुसार ओखलढुंङ्गा जिल्लाको जिल्ला समन्वय समितिको प्रमुखम नेपाली काँग्रेसको तर्फबाट मात्रै आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका हुन् ।

जिसस प्रमुखको दौडमा नेपाली काँग्रेसको तर्फबाट चम्पादेवी गाँउपालिकाबाट अजय लुईटेल, सुनकोसी गाँउपालिकाबाट भिम गौतम, सिद्धिचरण नगरपालिकाबाट डिल्लिराम खनाल, चिसंखुगढी गाँउपालिकाबाट टेकराज भट्टराई, रहेको स्थानीय स्रोतको दाबी छ ।

आकाक्षीमा ४ जनाको दौड रहेता पनि नेपाली काँग्रेसले भने सिद्धिचरण नगरपालिकाबाट डिल्लिराम खनाल र चम्बादेवी गाँउपालिकाका अजय लुईटेलले अगाडी सारेको छ । उनिहरु दुबै जना जिसस प्रमुखको प्रवल दाबेदार रहँँँदारहँदै अपुष्ट स्रोतले खनालको नाममा सहमति भएको बताएपनि अन्तिम छिनोफानो अजय लुईटेललाई सहमतीमा नल्याएसम्म नहुने काँग्रेसनिकट स्रोतको दाबी छ । यद्यपी डिल्ली खनालको टिकट कर्मफम भएको नेपाली काँग्रेस कमीटीलाई उद्धृत गर्दै जिल्लाका महाधिवेशन प्रतिनिधीले जानकारी दिए ।

त्यस्तै जिससको उपप्रमुखमा भने मोलुङ गाँउपालिका वडा नंबर दुईका तारादेवी कार्कीको नाममा सहमती भएको काँग्रेस स्रोतको दाबी छ । जिल्ला समन्वय समितीको प्रमुखमा बहुमतले जित्ने प्रावधान छ । ओखलढुंगाको जिससमा नेपाली काँगेसका एकल बहुमत छ । जिल्लाभर १६ वटा भोट छन् जसमध्य एक स्वतन्त्र सहित ९ भोट काँग्रेसको छ भने एमालेको पाँच भोट र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकको एक–एक भोट रहेको छ ।