विश्व कीर्तीमानी तामाङको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे क्यान्सर अस्पताल

दियो पोस्ट  

ललितपुर । सन् १९७३ मा सबैभन्दा कम उमेरमा सगरमाथाको सफल आरोहण गरेका सिन्धुपाल्चोकका कीर्तिमानी शम्भुु तामाङको स्वास्थ्यस्थितिबारे बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुर पुगेका छन् ।

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल महाराजगञ्ज निवासी तामाङ विगत लामो समयदेखि क्यान्सरबाट पीडित छन् ।
उनको ललितपुरस्थित हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकहरुबाट जानकारी लिएका छन् । प्रचण्डले देशका लागि तामाङले पुर्‍याएको  योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारको तर्फबाट सहयोग दिलाउन पहल समेत गरेका छन् ।

सम्बन्धित खबर