गायिका दिलमाया सुनार मृत्यु प्रकरण : जब छिमेकीले ‘दिदि’ भनेर बोलाउन जाँदा शव देखे !

दियो पोस्ट  

काठमाडौं । सुर्खेतको मालारानी घर भई काठमाडौंमा लोकदोहोरी मार्फत उदयीमान गायिकाको परिचय बनाउँदै गरेकी दिलमाया सुनार काठमाडौंको बानियाँटार बस्थिन् ।

शनिबार विहान ११ बजेसम्म पनि कोठाको ढोका बन्द रहेको देखेपछि एक छिमेकी उनको कोठामा चियाउन पुगे । ती छिमेकीले ‘दिदि’ भनेर ढोका धेकेलेका दिए । ढोका खोलियो । दिलमायाँ खाटमा पल्टिएकी थिइन् । उनी खाटमै पल्टिएको देखेपछि छिमेकीलाई शंका लाग्यो र प्रहरीलाई खबर गरे । प्रहरी पुग्दा उनको मृत शरिर खाटमा उत्तानो अवस्थामा देखियो । वरिपरि मदिराका बोतल थिए । मृत्यु अघि दिलमायाले मोबाइलमा विरहको स्ट्याटस पोखेकी थिइन् । तर, त्यही स्ट्याटस लेख्ने मोबाइल भने प्रहरीले भने अहिलेसम्म फेला पार्न सकेको छैन ।

‘मदिराका बोतल छरिएको अवस्थामा भेटियो । उहाँ मृत भेटिएको कोठामा ढोका पनि लगाइएको थिएन,’ महानगरिय प्रहरी बृत बालाजुका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम मिश्र,‘यो घटना शंकाष्पद छ । अनुसन्धान भइरहेको छ । अपराध महासाखाले पनि हेरिरहेको छ ।’

 

शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी सुनार शनिबार बिहान पौने ११ बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

 

उनीको घाँटिमा निल डाम भएको साथै डेरामा रक्सि खाएको गिलास भेटिएका छन् । ढोका खुल्ला भएको अवस्थामा मृत भेटिएकी उनलाई श्रीमानले यातना दिने गरेको यसअघि नै बताएकी थिइन् ।

प्रहरी उपरिक्षक मिश्रका अनुसार हालसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । तर, घटना भने शंकाष्पद छ ।

सम्बन्धित खबर

ट्रेन्डिङ