पर्यटनमन्त्री प्रेम आलेले दिए पदबाट राजीनामा

दियो पोस्ट  

काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् । मन्त्री आलेले पूर्व घोषित निर्णय अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा दिएका हुन् ।

मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो बन्दै जाँदा उनले पदबाट राजीनामा दिएका छन् ।

आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।