काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तुको पनि मूल्य घट्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवाको मूल्यबारे सरकारले बजार अनुगमन गर्ने बताएका हुन् ।
‘पेट्रोलियम पदार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मूल्य घट्नु आवश्यक छ,’ मन्त्री बडूले भने, ‘यसका लागि विषयगत मन्त्रालय र नियामक निकायहरूले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रूपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।’