काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिने भएकी छिन् । मन्त्री झाँक्रीले केहीबेरमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेकी हुन् ।
झाँक्री मन्त्रिमण्डल हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयपछि असन्तुष्ट देखिएकी थिइन् ।
यसअघि असन्तुष्ट रहेका संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिएका छन् । भने अन्य २ मन्त्रीले भने राजीनामा दिन बाँकी रहेको छ ।
यसअघि पर्यटनमन्त्री प्रेमबहादुर आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाइसकेका छन् ।