काठमाडौं । मैले ९० प्रतिशत अंक ल्याएको ठानेको छुः प्रेम आले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले मन्त्री पद सम्हाल्दा गरेको कामका आधारमा आफूले आफैंलाई ९० अंक दिएको बताएका छन् । मन्त्रीबाट राजीनामा घोषणाका लागि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफूले गरेका कामका फेहरिस्त प्रस्तुत गरेका छन् ।
‘म प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ । मलाई चाडै रिजल्ट चाहिन्छ । जनतालाई छिटो छरितो कसरी सेवा प्रदान गर्ने विषयलाई मैले उच्च प्राथमिकतामा राखेको थिएँ । यदि मलाई कसैले तपाई आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर पत्रकार साथीहरुले सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ ९० प्रतिशत । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु ।’
मन्त्री आलेले आफु ‘एक्सन’मा विश्वास गर्ने बताउँदै आफूलाई कामको नतिजा छिटो चाहिने बताए ।