नयाँ मन्त्रीहरुको सपथ ग्रहण आजै

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका नयाँ मन्त्रीहरुको  सपथ आज बिहान ११ बजे राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ । आइतबार साँझ देउवाले कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत् राख्दै एकीकृत समाजवादीका पाँच नयाँ मन्त्रीमा नियुक्त गरेका थिए।

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङलाई मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूलाई आज राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराउन लागेकी हुन् ।