रामचन्द्र पौडेलको प्रश्नः रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार आचरण परिर्वतन नभएर देशमा समाजवाद नआउने बताएका छन् ।

काठमाडौंमा आज आयोजित नेपालमा समाजवाद चुनौती र सम्भावना विषायक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता पौडेलले आफूहरुको चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन भन्दै प्रश्न गरे । त्यसैगरी नेकपा एकीकृत समाजवादीतिर इंगित गर्दै नेता पौडेलले निरन्तर मन्त्रीहरु फेरेर समाजवाद नआउने टिप्पणी गरे । साथै रामकुमारी झाँक्रीहरुलाई रुवाएर समाजवाद आउँछ भन्दै प्रश्न समेत गरे ।

‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?’ उनले भने, ‘हामी समाजवादतिर गइरहेका छौं कि कता गइरहेका छौं, हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण छ ।’

त्यसैगरी उनले आगामी दिनमा देशमा समाजवाद ल्याउनका लागि सबैको संस्कार, नेता र कार्यकर्ताहरुको व्यवहार बदलिनपर्ने बताए ।