गायिका सुनार मृत्यु प्रकरणः प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश

दियो पोस्ट  

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका प्रेमी सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

कर्तव्य ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न अदालतले आदेश दिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले बताए ।

शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । लगत्तै प्रहरीले उनका प्रेमी श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर हालसम्म सुनारको मृत्युको कारण खुलेको छैन ।

सम्बन्धित खबर