वामदेव गौतमले बोलाए पत्रकार सम्मेलन, नयाँ दल घोषणा गर्ने

दियो पोस्ट  

काठमाडौं । वाम एकतालाई जोड दिँदै आएका वामदेव गौतमले नयाँ दल घोषणा गर्ने भएका छन् । आज पत्रकार सम्मेलन गरि नयाँ दल घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए ।
नयाँ दल घोषणा गरेर गौतमले कम्युनिष्ट एकतालाई जोड दिने बताइएको छ ।

गौतमले तत्कालिन नेकपाको पार्टी एकता विभाजनपछि एमालेमै रहेर एकता अभियान चलाउँदै आइरहेका थिए ।

पत्रकार सम्मेलन दिउँसो ३ बजे रिपोर्टस् क्लब नेपालमा हुनेछ ।