एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारी खोसियो

दियो पोस्ट  

कैलाली । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारीबाट हटाइएको छ ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो ।

प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ ।