काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टीका संयोजक वामदेव गौतमले आफ्ना छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनु उनीहरूले गरेको कम्युनिस्ट आन्दोलनको परिणाम भएको दाबी गरेका छन्।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना श्रीमती र छोरा भएर मात्र केन्द्रीय सदस्य नभएको जिकिर गर्दै सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा रहेको बताए।
‘हामी व्यक्तिगत स्वतन्त्रतालाई मान्छौं। मेरो श्रीमती राजनीतिमा आउनु हुन्न र ? त्यसको नेतृत्व गर्ने ठाउँमा पुग्नु हुन्न र?,’ उनले अगाडि भने, ‘उनले नेतृत्व पाउनु हुन्न भेर प्रश्न गर्ने अधिकार तपाईँलाई कहाँबाट प्राप्त भयो? मेरो छोरा–छोरीले त्यो सबै काम गर्नुहुन्न भनेर कसले भन्न सक्छ?’
उनले आफूहरू अहिले पनि जनप्रतिनिधि भएको भन्दै आफूहरूले स्वार्थका लागि राजनीति नगरेको जिकिर समेत गरे।