काठमाण्डु । एमाले अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको आरोप लगाएका छन्।
मंगलबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सक्कली पत्र देखाउन चुनौती दिए।
‘म सरकारलाई अहिले पनि ओरजिनल पत्र देखाऊ भन्छु। म प्रधानमन्त्री हुनुभन्दा अगाडिको पत्र हुनसक्छ। चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ, पहिलेको हटाएर। र पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ, पछि हातले किन लेख्नुपर्यो भने टिपेक्स लगाएर मेटेर हातले लेखेको स्पष्ट हुन्छ’, ओलीले भने।
उनले त्यतिबेलाका प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्री जिवितै रहेको भन्दै उनीसँग सोधे हुने पनि बताए।