डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता

दियो पोस्ट  

काठमाडौं । अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

झापा जिल्लाको गौरीगंज गाँउपालिका–१ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको टोलीले उनीहरुलाई सुरक्षित स्थानमा
सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।

यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका–२ स्थित सुकुम्वासी बस्तीको डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सिफारिस