काठमाडौं । आज असार १५ अर्थात धान दिवस । नेपालमा मनसुन सुरु भएसँगै देशभर रोपाइँ सुरु भइसकेको छ । आज देशका विभिन्न स्थानमा रोपाइँ गरेर धान दिवस मनाइँदैछ । विशेष त आज नेपालमा दही चिउरा खाने दिनका रुपमा पनि हेरिन्छ ।
आज १९औं धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको शिरुटारमा हुने रोपाइँ कार्यक्रममा उपस्थित हुँदैछन् ।
यता आज पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।