नयाँ मन्त्रीहरुलाई नेपालको निर्देशनः पार्टीको इज्जत राखेर काम गर्नुहोला !

दियो पोस्ट  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा गएका नयाँ मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।

नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।

‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ नेपालको भनाई उदृत गर्दै प्रशिक्षणमा सहभागी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने ।