शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताको बैठक

दियो पोस्ट  

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउaने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजेबत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको उनी निकट नेता चन्द्र भण्डारीले जानकारी दिए ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।