एसपीपीका सबै पत्र संसद्‌मा प्रस्तुत गर्न प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)को विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन्।
सं

सद् दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेम्वाङले प्रधानमन्त्रीसँग एसपीपीका सम्बन्धमा सुरुवातदेखि अहिलेसम्म भएका सबै पत्र सार्वजनिक गर्न माग गरेका हुन्।

उनले एसपीपीका विषयमा संसद्‌मा गम्भीर प्रश्न उठेकाले त्यसमा को–को संलग्न छन् प्रष्ट पार्नका लागि पनि रक्षा मन्त्रालय र नेपाली सेनाले पठाएका पत्र संसद्‌मा सार्वजनिक गर्नुपर्ने बताए।

उनले भने, ‘एसपीपीलाई लिएर हाम्रा पार्टी अध्यक्षलाई जोडिएको पनि छ। उहाँ प्रधानमन्त्री भएको १५ औं दिनमा नै सेनाले पत्र पठाएको छ। त्यो ठिक थियो या थिएन, तर प्रश्न उठ्ने त भयो नै। उहाँले पनि मैले पत्र लेख्न लगाएको होइन भन्नुभएको छ। तर, सबै सरकारका पालामा पत्र गएको देखिन्छ। अब प्रधामन्त्रीलाई म आग्रह गर्दछु, सेनाले पठाएका पत्र, रक्षा मन्त्रालयमा भएका पत्रहरु सबै संसद्‌माप्रस्तुत गरिदिनुस् न को–को संलग्न छन् भन्ने प्रष्ट भइहाल्छ।’

आफ्नो पार्टीले संसद्‌मासो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि तथ्य बाहिर ल्याएर प्रधानमन्त्रीले सरकारका तर्फबाट जवाफ दिनुपर्ने नेता नेम्वाङको भनाइ छ।

सम्बन्धित खबर