वामदेवको दौडधुप– ओलीसँगको भेटपछि प्रचण्ड भेट्न खुमलटार

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि एकता राष्ट्रिय अभियानका संयोजका वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् ।

बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।
आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् ।