काठमाडौं । विगत २४ घण्टामा देशभर ५५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितिको संख्या २८० पुगेको छ।
सो अवधिमा १७ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।