जसपाले बोलायो केन्द्रीय समितिको बैठक

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको विज्ञप्तिमा उल्लेख छ ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् । aफुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच अलग हुने विषयमा छलफल भइसकेको छ ।