सती प्रथा अन्त्य भएको आज १०२ वर्ष पूरा

दियो पोस्ट  

काठमाडौं । श्रीमानको मुत्यु हुँदा श्रीमती पनि एउटै चितामा जल्नुपर्ने ‘सती प्रथा’ नेपालबाट उन्मूलन भएको आज १०२ वर्ष पूरा भएको छ । २५ असार १९७७ सालमा चन्द्र शमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए।

१९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखे । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो।

मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ नै जारी गरेका थिए । तर यो मुलुकी ऐन कार्यन्वयन हुन सकेन ।