चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न माओवादीले बनायो समिति

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेका छ ।

शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा सो समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरूमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन् । पार्टी प्रवक्ता कृष्ण बहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय चुनावमा अन्तर्घात भएको कुरा व्यापक रूपमा उठेपछि सो समिति गठन गरेको जानकारी दिएका हुन् । त्यस्तै, पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि पनि सुझाव समिति गठन गरेको छ । समितिमा पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन् ।