
बाजुरा । स्थानीय तहको निर्वाचनअन्तर्गत पुनः मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १, २, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ वटै वडाको वडाध्यमा एमाले उम्मेदवार विजयी भएका हुन्।
वडा नम्बर २ मा नेपाली कांग्रेसका नर बहादुर थापालाई पराजित गर्दै एमालेका पदम बहादुर भण्डारी वडाध्यक्षमा विजयी भए। विजयी भण्डारीले ८३८ ल्याए। उनका प्रतिस्पर्धी नर बहादुर थापाले २३५ मत ल्याए।
वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह ४९२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी उत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २९३ मत ल्याए।
यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत प्राप्त गरे।
वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए।