काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको समेत उनले बताए ।