आईजीपी नियुक्ति विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा असार २६ मा सुनुवाइ हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । तर, सार्वजनिक बिदाका कारण आइतबार सुनुवाइ भएन ।

आईजीपी विवादबारे सोमबार पेशी राखिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो ।

संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सम्बन्धित खबर