संवैधानिक परिषद् विधेयकबारे महामन्त्री शर्माको प्रश्नः प्रधानमन्त्रीलाई गलत सल्लाह कसले दिन्छ ?

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संवैधानिक परिषद्सम्बन्धी विद्येयक फिर्ता हुने बताएका छन् । उनले यस्तो विधेयक ल्याउने काम कसरी भयो र कसले सल्लाह दियो भन्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववत् केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आएको जस्तो विद्येयक राष्ट्रिय सभामा पेस गरेसँगै त्यसको विरोध भइरहेको छ ।

सो क्रममा महामन्त्री शर्माले ओलीको पालामा जुन गलत कुरा आएको थियो देउवाको पालामा पनि त्यहि गलत आएको प्रस्ट पार्दै अभिलम्ब फिर्ता लिन माग गरेका छन् ।

‘ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी १ संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता जरुरी छ ।’

ओली नेतृत्वको सरकारले ल्याएको जस्तै विद्येयक देउवा नेतृत्वको सरकारले ल्याएसँगै कांग्रेस नेताहरु त्यसबारेमा सशंकित भएका छन् ।