अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा करौडौंको हतियार किन्ने योजना राष्ट्रघात होः एमाले

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाल प्रहरीका लागि हतियार किन्ने निर्णय सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ । कमिसनका लागि सत्तारुढ गठबन्धनमा रहेका नेताहरूले प्रहरीका लागि हतियार किन्ने योजना ल्याएको एमालेको आशंका व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा करोडौंको हतियार किन्ने योजना के कारणले अगाडि ल्याएको हो भनेर प्रश्न गरेका थिए ।

‘नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन । प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ। सिलवालले भने, राष्ट्र बैंकले दर्जनौं वस्तुमा आयात रोक लगाएको अवस्थामा फेरि अर्थतन्त्रलाई मारमा पार्ने गरिकन करौडौंको हतियार किन्ने योजना आउनु राष्ट्रघात हो । ’

सम्बन्धित खबर