एमालेले भन्योः गठबन्धन भत्काउन कुनै गाह्रो छैन तर…

दियो पोस्ट  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन भत्काउन कुनै गाह्रो नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन–४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने समेत जनाएको छ ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमा रेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्रो छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्र बिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अपानिमा भनिएको छ ।

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुनसमेत आग्रह गरेका छन् ।