गण्डकी रत्नबाट महावीर पुन विभूषित

दियो पोस्ट  

काठमाण्डौँ । गण्डकी प्रदेश सरकारले प्रदेश सभा सदस्य स्थरको रुपमा लिइने गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् ।

गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ गते गरेको थियो । गण्डकी प्रदेशभित्र जन्मिएर गण्डकीकै श्रीवृद्धिका लागि योगदान गरेका विशिष्ट व्यक्तिलाई प्रदेशले गण्डकी रत्नबाट सम्मानको सुरुआत गरेको हो ।

पुरस्कारका लागि गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात व्यवस्थामन्त्री कुमार खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिमध्येबाट सम्मान गर्नेगरी कार्यविधि बनाइएको छ ।

सम्बन्धित खबर