सोमबार १६८ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्‍ये १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ७४९ जना होम आइसोलेसनमा रहेका छन् भने २१ जना संस्थागत आइशोलेशन र १२ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।