यो सरकारले हैजा फैलाउँछ, समाजलाई दूषित गराउँछः ओली

दियो पोस्ट  

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धनको सरकारले समाजलाई दूषित बनाएको आरोप लगाएका छन् ।

सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए ।

‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’