एक महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ सञ्चिति बढ्यो

दियो पोस्ट  

काठमाण्डौँ ।एकै महिनामा २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको सञ्चिति बढेको छ । जेठ मसान्तमा आइपुग्दा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति कायम भएको छ । वैशाख मसान्तमा यस्तो सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर थियो ।

२०७९ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २४.३ प्रतिशत, कुल आयातसँग ५६.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग २२.० प्रतिशत छ । नेपाल राष्ट्र बैंकको तथ्याङ अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५।९ प्रतिशतले घटेर जेठ २०७९ मा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ कायम भएको थियो ।विदेशी मुद्रामध्ये १० खर्ब ३१ अर्ब ८९ करोड रुपैयाँ केन्द्रीय बैंकमा र बाँकी १४४ अर्ब ९५ करोड रुपैयाँ अन्य बैंकहरुसँग छ ।