शेखर कोइरालाको टिप्पणीः अहिलेको सरकार पनि ओलीकै बाटोमा हिड्यो

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको सरकार केपी ओलीकै बाटोमा हिडेको टिप्पणी गरेका छन् । राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनुका साथै संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याएर ओलीकै बाटोमा हिँडेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्रीको मातहतमा ल्याउनु भनेको प्रधानमन्त्री अधिनायकवादतर्फ जानु हो भनेका थियौँ । गठबन्धन दलको साझा कार्यक्रममा पनि विगत सरकारले गरेको अलोकतान्त्रिक गतिविधि सच्याउन भन्यौँ तर वर्तमान सरकार बनेको पनि झण्डै एक वर्ष पुगिसक्यो तर यस्ता विषयहरू प्राथमिकतामा किन परेनन् ? भ्रष्टाचार काण्डहरूको छानबिन किन ओझेलमा पर्‍यो ? सरकार नेतृत्वको हिसाबले पार्टी जवाफदेही बन्न सकेन भने आगामी निर्वाचनलाई समेत प्रभाव पार्ने ध्यानाकर्षण गर्न चाहन्छु ।’

उनले  गभर्नर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भएको जिकिर गरे ।