फुटको संघारमा जसपाः बाबुराम पक्षको विस्तारित बैठक बस्दै

दियो पोस्ट  

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल बाबुराम पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजेदेखि जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बैठक बस्न लागेको हो ।

बैठकमा सहभागी हुनका लागि जसपा बाबुराम पक्षका केन्द्रीय सदस्य र परिषदका सदस्यहरु काठमाडौ आइपुगेका छन् । दुई दिनसम्म चल्ने सो बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ । बैठकमा उक्त कार्यपत्रमाथि छलफल हुने बताइएको छ ।

केन्द्रीय सदस्यहरूका लागि बैठकमा सहभागिताका लागि पाच सय रुपैया शुल्क तोकेको छ । बैठकमा आउने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहरुले बास तथा खानाको व्यवस्था स्वयं गर्नुपर्ने हुन्छ । पार्टीका आन्तरिक विवाद चर्केपछि जसपा फुटको संघारमा पुगेको छ ।

जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलिदेखि वीरगञ्जमा बस्नेछ ।