ओलीसँग चिनियाँ नेताको भेटवार्ता: ‘वाम एकता’बारे देखिएन चासो!

दियो पोस्ट  

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

भक्तपुरको बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुई नेताबीच दुई देशबीचको आपसी हित र विकास साझेदारीबारे कुराकानी भएको बताइएको छ।

भेटमा  लिउ र ओलीबीच दुई मुलुकको आपसी हितको बारेमा छलफल भएको बताए।