लेखकः नेहा कुमारी
अनुवादः खुमा ओली
कसैको छोरा जन्मिएपछि पुत्ररत्न पाएको भनिन्छ । मानौ छोरा होइन कुनै दुर्लभ हीरा हो । तर छोरीहरुका लागि यस्ता शब्दहरु विरलै उच्चारण गरिन्छ । उनका लागि ‘लक्ष्मी’ शब्द प्रयोग गरिन्छ । जो अरुको सुख–समद्धिको लागि हुन्छ । कतै हाम्रो भाषामा पनि हामी आफ्नो विचार व्यक्त गछौं । त्यसैले हामी आफ्नो भाषामा भेदभाव प्रयोग गर्छौं र हाम्रो घरमा पनि भेदभाव गर्छौं ।
त्यसपछि बिस्तारै यो भाषाले छोरीहरुलाई ‘अर्काको धन’ भन्न थाल्छ । ‘अर्काको धन’ अर्थात् विवाह गरेर अर्काको घरमा जानु ।
केटीहरुको बिहे गर्नुअघि उनीहरुको जीवन कस्तो हुन्छ ? तिनीहरुका चुनौतीहरु के हुन् ? यो विषयमा हामी धेरै कुरा गर्दैनौं । सायद यसको एउटा कारण यो पनि हो कि हामीले छोरीको बाबुको घरलाई कहिल्यै आफ्नो ठान्दैनौं । त्यसैले हाम्रो नभएको घरमा कुनै पनि प्रकारको समस्या वा हिंसालाई बेवास्ता गरिन्छ ।
मैले अघिल्लो दुई किस्तामा लेखेका लेखहरुमा केटीहरुले प्रायः आफ्नो बाबुको घरमा सामना गर्ने चुनौतीहरुको बारेमा कुरा गरेँ यस लेखमा, म केही थप नयाँ चुनौतीहरुको बारेमा कुरा गर्न जाँदैछु । जुन हामी केटीहरुले सामना गर्छौं तर यसको बारेमा कहिल्यै कुरा गरिएको छैन ।
गतिशीलतामा कडा स्क्रू
जब म घुम्न गएकी केटीलाई देखेर आफ्नो घरमा पनि घुम्न जाने कुरा गर्छु । तर हरेक पटक मलाई भनिन्छ, बिहे गरेपछि जहाँ मन लाग्छ त्यहाँ घुम्नु जानू ।
जब मलाई कुनै राम्रो सूट वा कपडा किन्न मन हुन्छ, भनिन्छ बिहे गरेपछि आफ्नो पतिलाई किन्न लगाउनू । यदि म यी सबैको विरुद्धमा गएँ र मेरो पैसाले केही किने भने पनि विनाश आउँछ । एकछिनमा मलाई ‘आवारा र अभिमानी’ को आरोप लगाइन्छ । अर्थात् केटीहरु कहाँ जाने, के गर्ने, के लगाउने र कसरी आफनो जीवन जिउने यी साना–ठुला निर्णयहरुमा हाम्रो परिवारको अधिपत्य रहन्छ । यदि कसैले यो अधिपत्यलाई दिन्छ भने आफ्नो आफ्नो कुरा लागु गर्न कहिलेकाहीँ हिंसाको प्रयोग पनि हुन्छ ।
मेरो नजिकैको गाउँको एउटी केटी चङ्गा उडाउने कार्यक्रममा भाग लिँदा उनको एक वर्ष जेठो दाईले उनलाई नराम्ररी कुट्यो । कारण केटी भएर पनि उसले केटा जसरी चङ्गा उडाइरहेकी थिइन् । केटीहरुले आफ्नो जीवन कसरी जिउन चाहान्छन् । उनहरुको सपना र सहमतिलाई कुनै महत्व दिइदैन् ।
सबै हिंसालाई नजरअन्दाज
‘तिम्रा नातेदारले तिमीलाई प्रेमपूर्वक छोएको हुनसक्छ । तिमीलाई यतिकै नराम्रो लागेको हो,’ असुरक्षित स्पर्शको बारेमा प्रायः यस्ता कुराहरु भनिन्छ ।
एउटा सानी बच्चीले आफ्नो आमा–बाबु सामु आफूमाथि भएको हिंसाको खिलाफ बोल्छे । तब यो सबै कुराहरुलाई गम्भिरताका साथ लिइदैन बेवास्ता गरिन्छ । गाउँमा प्रायः जसो देख्छु कि परिवारमा छोरीहरुमाथि जब नराम्रो व्यावहार हुन्छ तब उसलाई को जीवनभर यो घरमा बस्ने हो र बिहे गरेपछि त आफ्नो घरमा गइहाल्छे, भनेर नजरअन्दाज गरिन्छ ।
यही कारणले गर्दा जब अविवाहित युवतीहरु हिंसाको उजुरी दर्ता गर्न जान्छन्, अधिकांश घटनाहरु आफ्नै इच्छाले विवाह गरेकोमा परिवारका सदस्यहरुबाट हुने दुर्व्यवहारका कारण हुन्छन् । तर घरमा दाजुभाई–बाबुले कुटपिट गरे वा यौन शोषण गरेको उजुरी कहिल्यै दर्ता भएको छैन् ।
सम्पत्तिको संरक्षणमा विवाहको खर्च धेरै
अब हाम्रो संविधानमा छोरीलाई पनि पैतृक संपत्तिमा समान अधिकार छ । तर यो कानुन कार्यन्वयनको विषय हेर्ने हो भने यसको प्रतिशत निकै कम छ ।
भारतीय समाजमाा छोरीलाई सधैं अर्काको धनको रुपमा लिइन्छ । उनीहरुलाई यही सोचसँगै हुर्काइन्छ, र अर्काको घरमा जानू पर्छ ।
यससँगै बिस्तारै छोरीलाई धूमधामका साथ बेहुलाको घर पठाउने र सम्पत्तिमा भाग नदिने वातावरण बन्न पुग्छ । नकी सम्पत्तिमा हिस्सा दिने त कुरै आउँदैन । बाबुको घरलाई अझै पनि छोरीहरुको घरको रुपमा सामाजिक मान्यता दिइँदैन । त्यसैले उनीहरुलाई कुनै पनि किसिमको चुनौती वा कुनै किसिमको हिंसालाई वैधता दिइँदैन ।
तर जब छोरीहरुले सम्पत्तीको हक माग्छन् । परिवारका सदस्यहरुले तुरुन्तै आफ्नो भागको सम्पत्ति उसकै विवाहमा खर्च भएको बताउँछन् । त्यसपछि छोरीहरु कहिले पनि सम्पत्तिको नाम समेत लिदैनन् । सम्पत्तिले महिलाहरुलाई बलियो आर्थिक आधार दिन्छ र उनीहरुलाई आत्मनिर्भर पनि बनाउँछ ।
सायद यही सोचका कारण कतै छोरीहरुको सम्पत्तिको कुरा भएको थियो, तर दुर्भाग्यवश ग्रामीण क्षेत्रमा यो कार्यान्वयन हुनु धेरै परको कुरा हो ।
जब हामी महिलाहरुको बारेमा कुरा गर्छौं वा उनीहरुसँग सम्बन्धित चुनौतीहरुको बारेमा कुरा गर्छौं , हामी सबै महिलाहरुलाई कुनै पनि मुद्दामा समान देख्न सक्दैनौँ । कतै न कतै उनीहरुको उमेर, जात, वैवाहिक अवस्था र वर्गजस्ता फरक आधारले उनीहरुका लागि अन्य विषयलाई झनै जटिल बनाएको छ ।
उदाहरणको लागि जब हामी हिंसाको कुरा गर्छौ, विवाहित महिला र अविवाहित महिलाहरु बीच हुने हिंसाको स्तर र स्वरुप अलग अलग समयमा फरक हुनसक्छ । त्यसैले हामीले आफ्नो बुझाईलाई विकास गर्नुपर्छ । यो बुझ्नुपर्छकी बाबुको घरमा पनि छोरीहरुले धेरै संघर्ष गर्नुपर्छ । तर कतै न कतै हाम्रो पितृसत्तात्मक सोचको कारण हामी यसबारे कहिल्यै कुरा त परै जाओस, सोच्न पनि सोच्दैनौं ।