
काठमाडौं । प्रतिनिधि सभामाको आजको बैठकमा सांसदहरुले एम अधिकारी अर्थात गभर्नर महाप्रसाद अधिकारीबारे छानबिन गर्न माग गरेका छन् ।
बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा एम अधिकारी अर्थ तथा योजना विभागको सदस्य रहेको भन्दै उक्त व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भनेर प्रश्न उठेकाले उनीबारे छानविन गरी कारबाही गर्न माग गरेकी हुन् ।
‘देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ । राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ’, शर्माले भनिन्, ‘ति एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।’