थप २ सय ६ जनामा सङ्क्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा रहेका छन् ।

काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।