समृद्ध नेपाल सुखी नेपाली, वैज्ञानिक समाजवाद रे तर कसरी आउँछ थाहा छैनः घनश्याम भुसाल

दियो पोस्ट  

नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले राम्रो राजनीति चाहने हो भने राम्रो पार्टी चाहिने बताए ।

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेको, माओवादी केन्द्रले २१ औं वैज्ञानिक जनवाद भन्ने गरेको तर त्यो कसरी आउँछ भन्न नसकेको बताए । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी एमाले वालाले भन्ने गरेको छौँ समृद्ध नेपाल सुखी नेपाली तर कसरी आउँछ थाहा छैन् । प्रचण्ड कमरेडले अस्ति पार्टीको महाधिवेशनमा २१ औं शताब्दीको वैज्ञानिक के के भन्नुभयो त्यो कसरी आउँछ थाहा छैन् । नेकपा एकीकृत समाजवादी यात्रा समृद्धिको लक्ष समाजवादको भन्छ, कसरी आउँछ परिक्षण गर्न सक्नेगरी भनिदेउन । दुईमा दुई जोड्दा चार हुन्छ । तीनमा २ घटाउँदा १ हुन्छ, ३ मा २ जोड्दा ५ हुन्छ भने जस्तै गरी बताइदियो भने समृद्ध नेपाल सुखी नेपाली, २१ औं शताब्दीको वैज्ञानिक समाजवाद, यात्रा समाजवादको, प्रजातान्त्रिक समाजवादको प्रस्ट हुन्थ्यो । यिनको यी सिद्धान्त यिनीहरुले बनाएका यी कार्यक्रमहरु वैज्ञानिक छैन ।’

पढेका जानेका बुझेका ३० लाख हाराहारी मानिसहरु सदस्यता लिएर हाल सक्रिय राजनीतिमा रहेको बताउँदै उनीहरुको चेतना बैज्ञानिक नभएको टिप्पणी समेत गरे ।

सिफारिस