काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् । पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने, हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु।’
देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएका हुन् ।