यो भ्रमण अर्थपूर्ण छ भन्दै प्रचण्डले गरे दिल्ली प्रस्थान

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणमा दिल्ली प्रस्थान गरेका छन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भारत प्रस्थान गरेका हुन्।

प्रचण्ड दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। भजपाले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेका हुन्।

कसरी जाने भनेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग पनि परामर्श गरेको भन्दै प्रचण्डले भने, ‘यो भ्रमण महत्वपूर्ण छ । नेपालका निम्ति, गठबन्धनको निम्ति, नेपाली जनताका निम्ति अर्थपूर्ण छ भन्ने विश्वासका साथ जाँदैछु । उत्साहको साथ जाँदैछु ।’

सम्बन्धित खबर

सिफारिस