ग्याँस रहित बन्दै सिंह दरबार : तिन महिना भित्रमा सबै सार्वजनिक कार्यलय सिलिण्डर मुक्त

दियो पोस्ट  

काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको बुँदा नं २५३ मा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।’
बजेटले आगामी तीन महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

उद्योग मन्त्रालयको पत्र प्राप्त भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका सबै निकायमा यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्राधिकरण, विभाग, बोर्ड तथा विकास समितिहरुलाई यस्तो निर्देशन दिएको हो ।