भन्सार छलि ल्याईएको ३० लाख बराबरको अवैध लत्ता कपडा बरामद

दियो पोस्ट  

विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका पक्की टोलबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको अवैध लत्ता कपडा ढुवानी गर्दै गरेको गाडी बरामद भएको छ ।

१ नं प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा सो सामान बरामद् गरेको हो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।