बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट  

बर्दिया । बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बर्दियाको मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित गोठको पछाडी लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान हुँदै छ ।