काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनको क्रममा आठ जनालाई प्रहरी पक्राउ गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्ति अनुसार गभर्नर प्रवेश निषेध कार्यक्रमका क्रममा अखिल (क्रान्तिकारी) केन्द्रिय उपाध्यक्ष क्षितिज सापकोटा लगायत , रेशम लाल श्रेष्ठ, सम्राट थापा, भरत महतरा, बिनोद शाही, रबिन्द्र न्यौपाने, बिनोद बहादुर शाही, कृष्ण प्रसाद घिमिरेलाई प्रहरीले धरपकड गरि हिरासतमा राखेको छ ।
मुलुकको मौद्रिक नीति निर्माण गर्ने र बित्तीय क्षेत्रको नेतृत्व गर्नुपर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना बिभागको सदस्यको रहेको भन्दै देशभर आलोचना हुँदै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज अबैध गभर्नर लाई राष्ट्र बैंक प्रवेश निषेध कार्यक्रममा भएको प्रहरी दमनको निन्दा एव भत्सर्ना गर्दछौ । अबैध गभर्नर प्रवेश निषेध कार्यक्रमका क्रममा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष क्षितिज सापकोटा लगायत , रेशम लाल श्रेष्ठ, सम्राट थापा, भरत महतरा, बिनोद शाही, रबिन्द्र न्यौपाने, बिनोद बहादुर शाही, कृष्ण प्रसाद घिमिरेलाई प्रहरीले धरपकड गरि हिरासतमा राखेको छ । उहाँहरुको बिनासर्त रिहाइको माग गर्दछौ ।’