प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेटवार्ता

दियो पोस्ट  

काठमाडौं । तीनदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माल भेटवार्ता गरेका छन् ।

सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए । सो भेटमा नागरिकता विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको र सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको समेत स्रोतले बतायो ।

सम्बन्धित खबर