३४ ईन्सपेक्टरलाई डिएसपीमा बढुवा (नामावलीसहित)

दियो पोस्ट  

काठमाडौं । जनपथ तर्फ प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी निरीक्षक ‘ईन्सपेक्टर’लाई प्रहरी नायव उपरीक्षक ‘डिएसपी’मा बढुवाको लागि सिफारिस गरेको छ ।

आज बिहान बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार जनपथ प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको

हो ।

बढुवामा होम बहादुर थापा पहिलो नम्बरमा छन् । उनीसहित ३४ जना प्रहरी निरीक्षकलाई बढुवाको लागि सिफारिस गरिएको छ । डिएसपीमा ४९ जनाको दरबन्दी खाली भएपनि ३४ जनाको मात्रै बढुवा गरिएको हो ।

१५ जनाको स्थान रिक्त राखेर बढुवा गरिएको हो । बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ ।