एआईजी विश्वराज पोखरेलले दिए पदबाट राजीनामा

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् । पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो ।

यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सम्बन्धित खबर